
काठमाडौं – सलमान खान र कट्रिना कैफ स्टारर जासूस(एक्सन ड्रामा ‘टाइगर ३’ यस वर्षको प्रतीक्षित भारतीय फिल्म हो । भारत र नेपालमा देखिएको एड्भान्स टिकट बिक्रीले फिल्मको ओपनिङ आक्रामक हुने स्पष्ट संकेत गर्छ ।
आइतबार लक्ष्मीपूजाको दिनमा रिलिज हुन लागेको यो फिल्मलाई हलले उच्च शो दिएका छन् । भारतमा रिलिजअघि नै ३।६३ लाख प्रतिटिकट बिक्री भइसकेका छन् । बलिउड व्यापार विश्लेषक अक्षय राठी र रमेश बालाले फिल्मको ओपनिङमा उछाल आउने प्रक्षेपण गरेका छन् ।
राठीले भारतमा फिल्मको पहिलो दिनको कमाइ ३० देखि ३५ करोड भारु हुने प्रक्षेपण गरेका छन् । लक्ष्मीपूजाको भोलिपल्ट व्यापारमा वृद्धि भएर कमाइ ५० करोड भारु पुग्ने उनको विश्लेषण छ । ‘सम्भवतः यो बलिउडकै सर्वाधिक ग्रसर फिल्म बन्न सक्छ,’ उनले भने ।