Tue. Nov 26th, 2024

एसियाका बैंकलाई अर्थमन्त्री महतले नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह

काठमाण्डौ – अर्थमन्त्री डा प्रकाशशरण महतले एसियाका विभिन्न देशका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ ।

बिहीवार काठमाण्डौमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताए हो । उनल नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनु भयो । उनले सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित उर्जालाई प्रोत्साहन गर्ने बताए । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको बताए ।

उनले सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए । उनले विश्व बैंक र एडीपीले पनि नेपालको ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए।

उहाँले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको दाबी गरे ।

About The Author

अन्य समाचारहरु: