Tue. Nov 26th, 2024

नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाण्डौ – नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित भएका मनोचिकित्सकहरूले बताएका छन् । आज मङ्गलवारदेखि काठमाण्डौमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले यो जानकारी दिएका हुन् ।

मनोचिकित्सक डा। कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताए । उनले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताए ।

उनले भने, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’

सम्मेलनमा मनोचिकित्सक डा। सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताए । उनले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा जोड दिए। उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने तथा पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताए ।

About The Author

अन्य समाचारहरु: