
काठमाडौं – बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।
गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ ।
रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । गीतले फिल्मको चरित्र चित्रणबारे पनि खुलासा गर्छ । पक्कै पनि यो डान्सिङ ट्रयाक तपाईंको सूचीमा पर्नसक्छ ।
सिमसिमे पानीमा रेखा र मुकुनको डान्स मादक लाग्छ । पूजा र समर्पणजंगको केमेस्ट्री हट लाग्छ । बेनिशा र तेजले पनि दोस्रोपटक स्क्रिन सेयर गरेका छन् । काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय पनि छ ।