Sat. Mar 1st, 2025

खाबी लेम एक शब्द नबोली विश्वकै लोकप्रिय टिकटक स्टार बने

काठमाडौं – तीन वर्षमै एक करोड ६० लाख फलोअर्स कमाउँदै खाबी लेम विश्वकै लोकप्रिय टिकटकर बनेका छन् । एक शब्द पनि नबोली लोकप्रिय बनेका यी शान्त स्वभावका हास्य कलाकारमार्फत आफ्ना उत्पादनको प्रचार गर्न विश्वका चर्चित ब्राण्डले रुचि देखाइरहेको फोर्ब्स म्यागजिनले जनाएको छ ।

सन् २०१९ मा टुरिनस्थित एक कार कारखानामा फिल्टर जम्मा गर्ने इटालीका यी इन्फ्लुएन्सर अहिले विश्वचर्चित स्टार बनेका छन् । फोर्टिनाइट भनिने एक मल्टिप्लेयर भिडियो गेममा उनी पात्र समेत बनेका छन्, जुन गेमको मासिक प्रयोगकर्ता २३० मिलियन छन् ।

‘जब मैले भिडियो बनाउन थालें, मानिसले मलाई राम्रो काम गर्न भने,’ लेम भन्छन्, ‘तर कसैले नहेर्दा पनि मैले भिडियो बनाउने कामलाई निरन्तरता दिएँ ।’

अहिले सबैको ध्यान खाबी लेममा छ । उनी टिकटकमा इन्टरनेटमा चर्चित मिम र छोटो कमेडी क्लिपहरु पोस्ट गर्छन् । एउटा भिडियोमा एक सेफले फ्यान्सी चक्कुले केराको बोक्रा निकालेको र घरेलु निर्मित रोबोटले ट्वाइलेट कागज दिएको दृश्य देखिन्छ ।

About The Author

अन्य समाचारहरु: