काठमाडौं – संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बाह्य मुलुकबाट नेपालमा आयात हुने सुपारीमा अतिरिक्त कर थप गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको १४ औं बैठकले यस्तो निर्णय गरेको हो । नेपाल आयात गरेर नेपाली सुपारी भन्दै पुनः भारत लगायतमा सुपारीको तस्करी भइरहेको निष्कर्षसहित समितिले नेपालमा बाह्य मुलुकको सुपारी आयात नै हुन नदिनेगरी कर लगाउन सरकारलाई भनेको हो ।
यस्तो करका बाबजुद पनि आयात हुने सुपारीबाट हुने आम्दानी नेपाली सुपारी कृषिको हकमा लगाउन समेत समितिले निर्देशन दिएको छ ।
यस्तै समितिले यथास्थितिमै नेपालबाट भारत तथा तेस्रो मुलुकमा कुनै प्रकारका सुपारी निर्यातको गर्नदिन नसकिने निर्णय गरेको छ ।