Sat. Mar 1st, 2025

हरिवंश आचार्य ‘महाजात्रा’तेस्रो श्रृंखलाको छायांकन सुरु

काठमाडौं – फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो ।

विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरे । चार घण्टा चलेको पूजामा फिल्मको ‘कास्ट एण्ड क्रिउ’ सहभागी रहे । पूजापछि मुहूर्त समारोह गरियो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट छायांकन सुरु भएको छ । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ ।

४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ । निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए ।

‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईले यो फिल्ममा बहुघटनाको कथावस्तु चित्रण हुने बताए । ‘एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

About The Author

अन्य समाचारहरु: