Wed. Jan 1st, 2025

नेपालको ऊर्जा क्षेत्रमा यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाण्डौ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत् लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनमा रहेको नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरे । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूका बारेमा जानकारी दिँदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेको थियो ।

त्यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरूमा लगानीको ठूलो अवसर भएको बताए । भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौता एवम् जलविद्युत् विकासका लागि नेपाल सरकारको आउँदो योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको उल्लेख गरे ।

About The Author

अन्य समाचारहरु: