Tue. Mar 4th, 2025

यसवर्ष सरदरभन्दा कम वर्षा

काठमाण्डौ – नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाइँले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए ।

उहाँले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २ सय १० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १ सय ३३ दशमलव ५ प्रतिशत हो ।

About The Author

अन्य समाचारहरु: