२७ साउन काठमाडौँ – सुनको भाउ मंगलबारको तुलनामा तोलामा ७०० रुपैयाले बढेको छ । पछिल्लो समयमा लगातार रुपमा घटी रहेको सुनको भाउ उकालो लाग्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले नेपालमा पनि त्यसको प्रभाव परेको हो । मंगलबार प्रति तोला ४८ हजार २ सयमा कारोबार भएको सुन बुधबार ७ सयले बढेपछि सुनको मूल्य प्रतितोला ४८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीमा पनि हिजोको तुलनामा ५ रुपैयाँले बढेर तोलाको ६ सय ८५ मा कारोबार भै रहेको छ ।