Fri. Mar 14th, 2025

संयुक्त राष्ट्र सङ्घले आणविक हतियार उन्मूलनका लागि गरे आह्वान

SG gives press con

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गरेको छ ।

महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाएको बताए । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उनको भनाइ छ ।

महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गरे । आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उनलेआह्र्न गरे।

About The Author

अन्य समाचारहरु: