काठमाडौँ – चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपाली पौडी खेलाडी डुआना लामा हिट चरणबाटै बाहिरिएकी छन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा गरेकी डुआना आफ्नो हिटमा सातौँ भइन् ।
हिट ‘एक’ मा सातजना खेलाडी सहभागी थिए । उनले निर्धारित दुरी पार गर्न एक मिनेट २०।१५ सेकेन्ड समय खर्चिएकी थिइन् । उक्त हिटमा पहिलो भएकी आयोजक राष्ट्र चीनकी खेलाडी चाङ याङले निर्धारित दुरी एक मिनेट ०७।६६ सेकेन्डमा पार गरेकी थिइन् । उक्त हिटमा दक्षिण कोरियाली खेलाडी हेजिन किम निर्धारित दुरी एक मिनेट ०८।८२ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् ।