Tue. Nov 26th, 2024

२२० केभी सबस्टेसनको क्षमता विस्तार, विद्युत् खेर नजाने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे फुलासीस्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ । २२० \१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

योसँगै २००\१३२ केभी सबस्टेसनको क्षमता वृद्धि भई ३०० एमभीए पुगेको छ । सरकार र प्राधिकरणको लगानीमा रामेछाप ९गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन आयोजनाअन्तर्गत सबस्टेसनको क्षमता वृद्धि गरिएको हो । १३२ केभी प्रसारण लाइनबाट आएको विद्युत्‌लाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।

About The Author

अन्य समाचारहरु: