Wed. Nov 27th, 2024

अनुसन्धानमा थप ३०२ किलो सुन तस्करी गरेको देखियो :सीआईबी

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो सी आईबी ले चिनियाँ समूहले ब्रेक शु बाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ ।


सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।


ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२।६२ किलो थप सुन ल्याएको देखिएको सीआईबीले जनाएको छ । त्यस्तै, सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

About The Author

अन्य समाचारहरु: