काठमाडौ – भुजुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५ करोड रूपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्कासन गर्न भदौ १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।