Sat. Mar 15th, 2025

अमेरिका भ्रमणका लागि जाने तयारीमा: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भदौ ३० गते ७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री प्रचण्डसँग महासभामा जाने टोलीसमेत तय भएको छ

नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडिया प्रतिनिधिसमेत रहने परराष्ट्रमन्त्री साउदले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदका अनुसार प्रधानमन्त्री भदौ ३० देखि असोज ४ तदनुसार १६ देखि २१ सेप्टेम्बर २०२३० सम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहने कार्यक्रम रहेको छ भने असोज ४ गते नै चीनतर्फ लाग्ने कार्यक्रम छ ।

About The Author

अन्य समाचारहरु: