Wed. Nov 27th, 2024

यूएनबाट प्रधानमन्त्री सीधै चीन जान मिल्दैन :प्रेम सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टिका सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।

प्रधानमन्त्री नेपाल आएर एक दिन बसेर चीन जाँदा राम्रो हुने सुझाव दिए । ‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ । तर त्यो मिल्दैन । बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताका छन् । साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।

About The Author

अन्य समाचारहरु: