धादिङ– नेपाली कांग्रेसका नेता एवं वाग्मती प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको १३औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस धादिङले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कार्की निधनप्रति दुस्ख व्यक्त गर्दै कांग्रेस धादिङका सभापति एवं संघीय सांसद रामनाथ अधिकारी, नेता भीम प्रसाद ढुंगाना, रमेश धमला, दिलमान पाख्रिनलगायत नेताहरुले कार्कीको फोटोमा फुलमाला चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सदरमुकाम धादिङबेसीस्थित विपि स्मृति भवनमा आयोजित सभामा नेताहरुले कार्कीको निधनले पार्टीलाई मर्माहत बनाएको भन्दै लोकतान्त्रिक आन्दोलनमा कार्कीले पु¥याएको योगदान इतिहासमा स्मरणीय रहने बताए ।
कार्कीको स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेस केन्द्रिय समितिले पनि निर्णय गरको थियो । कांग्रेस पूर्वकेन्द्रीय सदस्य कार्की २०७४ मा समानुपातिकबाट बाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । क्यान्सरबाट संक्रमित कार्कीको ६६ वर्षको उमेरमा निधन भएको थियो ।
कांग्रेसको नवौँ महाधिवेशनदेखि हालसम्म निरन्तर महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहेका कार्की नेपाल तरुण दलको केन्द्रीय महामन्त्री र कांग्रेस धादिङको सचिव भएर काम गरेका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा धादिङ–३ बाट पार्टीको उम्मेदवार थिए ।