काठमाडौँ – अब उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो । उद्योग बाहेक कर्जाको हकमा भने १ करोड रुपैयाँसम्म विद्यमान सीमा भने यथावत राखिएको छ ।
‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म ९उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म० चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन,’ संशोधित मार्गनिर्देशनमा भनिएको छ । यसअघि सबै प्रकारको कर्जामा यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो ।
यस्तै, फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म ९उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म० को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजीकर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था थियो ।
‘औचित्य देखिएका कर्जाका फाइलहरुमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबाररविक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्ममा चालु पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन,’ मार्गदर्शनमा भनिएको छ । यसअघि यस्तो सीमा अधिकत ४० प्रतिशत थियो ।