सरकारले पावर चाइनलाई ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट बिदाइ गर्ने तयारी गरेको छ ।
लगानी बोर्डको आज बसेको बैठकले पावर चाइनाले तमोर आयोजनामा सम्झौता अनुसार काम नगरेको भन्दै पत्र पठाउने निर्णय गरेको हो ।
पावर चनाइनाले नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएल सँग मिलेर आयोजना बनाउन गरेको सम्झौता अनुसार काम अघि नबढाएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो ।
एचआईडीसीएलले लगानी बोर्ड, नेपाललाई आयोजना बनाउन पावर चाइनासँग २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्तरता नदिन औपचारिक आग्रह गर्दै पत्र लेखेको थियो ।