Fri. Feb 28th, 2025

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

काठमाडौं – लिओनल मेसीले उत्कृष्ट प्रदर्शन कायम राख्दा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४–४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे ।

सुटआउटमा मियामीका लागि मेसीसहित सर्जियो बुस्केट, लियोनार्दो काम्पाना, कमल मिल्लर र बेन्जामिन क्रेमासीले गोल गरे ।

एफसी डल्लासका लागि पउल अरियोला, फकुन्डो क्विगोन र जेसुस फेरेइराले मात्र गोल गरे । पाक्सटन पोमीकालले गोल गर्न सकेनन् ।

मेसीले क्लब करिअरमा पहिलो पटक पेनाल्टीसुटआउटमा पुगेको खेल जितेका हुन् । यसअघि बार्सिलोनामा हुँदा २०२०(२१ को स्पानिस सुपर कपमा उनको टिम पुगे पनि मेसी त्यसमा सहभागी थिएनन् ।

एफसी डल्लाससँग ४–३ ले पछि परेको अवस्थामा मेसीले ८४औं मिनेटमा फ्रिकिकबाट सानदार गोल गर्दै खेल बराबरी गरेका थिए । इन्टर मियामीले दुई गोलले पछि परेको स्थिति उल्टाएको थियो ।

About The Author

अन्य समाचारहरु: