काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले महामन्त्री गगन थापालाई लक्षित गर्दै कुनै गुटले नपत्याएपछि गुट चाहिन्न भन्ने गरेको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बस्नेतले भने, ‘अब सबै गुटले नपत्याउने भएपछि गुट चाहिन्न भनिएको छ । गुटकै फाइदा लिने, सबै गुटले पत्याउन छोडेपछि गुट चाहिँदैन भन्ने ।’
पार्टीभित्रका केही व्यक्तिले कांग्रेस कमजोर बनाउने कार्य गरेको उनले आरोप लगाए । विधि र पद्धतिबाट चल्नुपर्छ पनि भन्ने आफ्नो महत्वकांक्षा सडकमा लगेर छ्यालव्याल बनाउने कार्य भएको उनले सुनाए ।
‘कांग्रेस कमजोर बनाउने काम निश्चित व्यक्तिहरुबाट भएको छ’ बस्नेतले भने,‘युवाको कुरा उठेको छ । युवा मै हुनुपर्ने, अरु नभए नहुने यस्ता कुराहरु बाहिर आइरहेका छन् ।’