
काठमाडौं– नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित लचिलो मौद्रिक नीति ल्याएको जनाएको छ । आज आइतबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको जनाएको हो ।
‘मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको छ,’ केन्द्रीय बैंकबाट जारी पूर्णपाठमा लेखिएको छ ।
वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइएको छ । ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिक्ता दिने लगायतका नीति तर्जुमा गरिएको छ ।