Fri. Nov 29th, 2024

डेङ्गु संक्रमण रोक्न धादिङबेसीमा सरसफाई अभियान

चिनो सारु

धादिङ– जिल्ला सदरमुकाम धादिङबेसीमा डेङ्गु संक्रमण रोक्न सरसफाई अभियान संचालन गरिएको छ । पछिल्लो साता डेङ्गुको संक्रमण अत्याधिक बढ्न थालेपछि स्वास्थ्य कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, धादिङ सोसियल भोलेन्टियरलगायत सम्बन्धित निकायहरुले शनिबारबाट यो अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत शनिबार धादिङ अस्पतालको प्राङ्गढभित्र सरसफाई गरिएको छ । बजार क्षेत्रका घर तथा भवनहरुको छेउछाउमा भएका पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्नेगरी पानी जम्मा हुने भाँडाहरु खोजेर नष्ट गरिएको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिका र स्वास्थ्यका कर्मचारी र सोसियल भोलेन्टियरहरुले बजारका पसलहरु अगाडि थुपारिएका पेय पदार्थ बोत्तलहरुमा जमेका पानी समेत फाल्ने र त्यस्ता भाँडाहरुमा पानी जम्न नदिन सचेत गराउँदै हिँडेका छन् ।

धादिङ सोसियल भोलेन्टियरले डेङ्गुको लक्षण, बच्ने उपाय र खतराको संकेतहरु लेखिएका व्यानरहरु बजार क्षेत्रका चोक, चौतारोलगायत मानिसको भीडभाड बढी हुने स्थानहरुमा टाँस गरेको छ ।

अहिले धादिङमा दैनिक रुपमा २० जनाको हाराहारीमा डेङ्गु पोजिटिभ भेटिने गरेका छन् । त्यस मध्ये पनि धादिङ अस्पतालमा चेकजाँचका लागि आएका विरामीहरुमा मात्रै दैनिक १५ जनाको हाराहारीमा डेङ्गुको संक्रमण भेटिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: