काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।
थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।
आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ । केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालको भनाई छ ।