Sat. Mar 15th, 2025

बाढीपहिरोको मारमा उत्तरी भारत

नयाँदिल्ली – भारतमा भारी वर्षाका कारण उत्तरी राज्य प्रभावित भएका छन् । हालसम्म वर्षाका कारण आएको बाढीपहिरोलगायत विपत्तिमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

सडक, पुलपुलेसा, घरहरू भत्किएका छन् । धेरै क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । वर्षाकै कारण विद्यालय तथा कलेजहरू बन्द भएका छन् ।

वर्षाका कारण हिमाचल, उत्तर प्रदेशसँगै राजधानीसमेत रहेको नयाँदिल्लीमा असर पुगेको छ । हिमाचल प्रदेश सरकारका अनुसार उक्त राज्यमा करिब ८८ जनाको मत्यु भएको छ, जसमध्ये ४२ जनाको पछिल्लो ५ दिनमा ज्यान गएको हो ।

बाढीमा परी यातायातका साधनदेखि घरसम्म बगेको राज्य सरकारको भनाइ छ । यस्तै, उत्तर प्रदेशमा वर्षाजन्य विपत्तिमा परी १२ जनाको मृत्यु भएको प्रदेश सरकारका प्रवक्ता शिशिर सिंहले बताए । मृत्यु भएकामध्ये ९ जनाको डुबेर ज्यान गएको थियो ।

राजधानी नयाँदिल्लीमा पनि १ जनाको मृत्यु भएको छ भने कश्मीरमा ४ जनाको बाढीपहिरोमा परी निधन भएको छ ।

About The Author

अन्य समाचारहरु: