Sat. Mar 15th, 2025

पाकिस्तान र जापानमा बाढीका कारण १० जनाको मृत्यु

काठमाण्डौ – पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ ।

पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण एनडीएमएले जनाएको छ ।

जुन २५ देखि सुरु भएको मनसुनी वर्षा र बाढीबाट अहिलेसम्म ८६ जनाले ज्यान गुमाएका छन् ।
एक सय ५० जना भन्दा धेरै घाइते भएका छन् । बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ ।

त्यस्तै जापानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोमा ४ जनाले ज्यान गुमाएको र ५ जना बेपत्ता छन् । उनीहरुको खोजी भैरहेको छ ।

बाढी र पहिरोमा परी १९ जना घाइते भएका छन् । जापानको दक्षिणपश्चिम क्युसु क्षेत्र बाढीले प्रभावित भएको छ ।

About The Author

अन्य समाचारहरु: