काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानममन्त्री प्रचण्डको भ्रमण आगमी सेप्टेम्बरमा हुने तय भएको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने बताए ।
आर्थिक रूपमा मात्रै होइन विश्वमहाशक्तिका रूपमा उदाउँदै गरेको प्रधानमन्त्रीको चीन भ्रमण नेपालका लागि फलदायी हुने बताए ।