Sat. Mar 15th, 2025

फ्रान्समा प्रहरीको गोली लागी युवकको मृत्यु भएपछि देशव्यापी प्रदर्शन

काठमाडौं – फ्रान्समा प्रहरीको गोली लागेर एक १७ वर्षीय युवकको मृत्यु भएपछि सुरु भएको प्रदर्शन हिंस्रक बन्दै गएको छ।

राजधानी पेरिसमा ट्राफिक चेकिङका क्रममा नाहेल एम नामका १७ वर्षीय चालकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। पेरिसमा गाडी दुर्घटनामा परेका युवकमाथि प्रहरीले गोली चलाएको थियो।

यस घटनापछि भड्किएका स्थानीयले सहरका विभिन्न ठाउँमा आगजनी गरेका छन्। प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीले दमकलमाथि समेत ढुंगा प्रहार र आगजनी गरेका छन्।

प्रदर्शन चर्किएपछि प्रहरीले कयौँ मानिसलाई गिरफ्तार गरेको छ। देशव्यापी प्रदर्शन हुन थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले चालकमाथि गोली प्रहारको घटना माफीयोग्य नरहेको भन्दै दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन्। तर प्रहरीले चालककै गल्ती रहेको वक्तव्य सार्वजनिक गरेपछि प्रदर्शनकारी झन् भड्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

About The Author

अन्य समाचारहरु: