Fri. Nov 29th, 2024

नेपालमा १९ वर्ष मुनीका १४ प्रतिशत किशोरी गर्भवती

नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् ।

यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

किशोरी गर्भवती हुने दर मुस्लिम समुदायमा धेरै छ । १५-१९ वर्ष उमेरका २२ प्रतिशत मुस्लिम समुदायका किशोरी र २१ प्रतिशत दलित समुदायका किशोरी गर्भवती हुने गरेका छन् । सबैभन्दा कम ब्राम्हणरक्षेत्री समुदायका ८ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै २१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ८ प्रतिशत किशोरी गर्भवती हुने गरेको सर्वेक्षणले देखाएको छ ।

१५ -१९ वर्ष समूहका ३ प्रतिशतको विवाह १५ वर्षकै उमेरमा हुने गरेको छ भने १ प्रतिशत १५ वर्षकै उमेरमा गर्भवती हुने गरेका छन् ।

१४ प्रतिशत किशोरी गर्भवती हुनुले ‘डरलाग्दो’ अवस्था सिर्जना भएको स्त्री रोग विशेषज्ञ डा। कृर्तिपाल सुवेदी बताउँछन् । नेपालको कानुनले महिलाको हकमा २० वर्षमुनि बिहे गर्ने मान्यता दिएको छैन ।

‘नेपालको कानुनले २० वर्षभन्दा तल बिहे गर्न रोक लगाउँदै जाँदा यो तथ्यांकले बालविवाह धेरै रहेको देखाउँछ । बालविवाह हुने बित्तिकै किशोरीहरु गर्भवती हुने गरेको देखिन्छ । यसले कानुनलाई ठाडो चुनौति दिएको छ,’ डा। सुवेदी भन्छन् ।

About The Author

अन्य समाचारहरु: