Sat. Mar 15th, 2025

भारतमा लुबाट एक सयजनाको मृत्यु

नयाँदिल्ली – नयाँदिल्ली तीव्र गर्मीसँगै चलेको तातो हावा लू का कारण भारतमा एक सयजनाको मृत्यु भएको छ। भारतका विभिन्न भाग लूबाट प्रभावित छन्।

ज्यान गुमाउनेमा धेरैजसो उत्तर प्रदेश र पूर्वी बिहारका छन्। ज्यान गुमाउनेमा ५० वर्षभन्दा माथिका नागरिक धेरै छन्।

स्थानीय सरकारले ६० वर्षमाथिका नागरिकलाई घरभित्रै बस्न भनेको छ। पछिल्ला दिनमा दर्जनौं मानिसको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ। आज पनि भारतका विभिन्न भागमा तीव्र गर्मी भएको छ।

उत्तर प्रदेशको बलिया जिल्लामा मात्रै गर्मीका कारण ३ सय विरामी अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

About The Author

अन्य समाचारहरु: