काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यी राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।
समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलको गृहकार्यअनुसार सोमबार दिउँसो ३ बजे समाजवादी मोर्चा घोषणा हुन लागेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा सोमबार ३ बजे राष्ट्रिय सभागृहमा हुने बताए ।