मेलम्ची- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगेर मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गरेका थिए ।आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताए । उनले भने, ‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।’