काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता टिकाउन जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन् । कोइरालाले चौधरीको आममाफीपछि दण्डहीनतालाई मलजल पुगेको उल्लेख गरे ।
नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिइयो । यसबाट सुशासन, पारदर्शीता, जवाफदेहिता र उत्तरदायित्व सबै कमजोर बन्यो ।’
उनले बजेट भाषणमा निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयको इकाइ बनाउने सरकारी निर्णयको पनि आलोचना गरेका छन् ।