Wed. Nov 27th, 2024

बजेट बनाउने समयमा थप तीन मन्त्रालयको जिम्मेवारी पाएका अर्थमन्त्री लामा भन्छन् -‘भागण्डा मिलाउने प्रयत्न जारी छ’

हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई अहिले थप तीन मन्त्रालयको जिम्मेवारी छ ।

वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी लामासंग छ । तर, प्रदेशको मन्त्रालय भागबण्डाको विषय नटुंगिएको उनले बताएका छन् । मन्त्रालय भागबण्डा तथा पावर सेयरिङका विषयमा गठबन्धन दलहरुबीच सहमति गर्ने प्रयत्न भइरहेको भएपनि निर्णय भने हुन नसकेको उनले बताए ।

कांग्रेसलाई थप जिम्मेवारी प्राप्त भएको मन्त्रालयको विषय र सरकार विस्तार फरक भएको उनले बताए । परिस्थिति अनुकुल नभएकाले कांग्रेसका तर्फबाट आफूले थप मन्त्रालयको जिम्मेवारी लिएको उनको भनाई छ ।

‘भागबण्डा र काँग्रेसलाई प्राप्त थप मन्त्रालयको जिम्मेवारीको विषय फरक हो । बजेट बनाउने समय भएकाले मुख्यमन्त्रीलाई प्रेसर रहेकाले मलाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ । यो परिस्थितिजन्य कुरा हो ।’ उनले भने ।

सरकार विस्तारको विषयमा मुख्यमन्त्री र पार्टी केन्द्रसंग समन्वय भइरहेको उनले बताए । भागबण्डाको विषय मिलाउन केन्द्रलाई निरन्तर दवाव दिइरहेको उनको भनाई छ । छिट्टै नै सबै विषय टुंग्याएर सरकारलाई पूर्णता दिनेतर्फ हामी अग्रसर भएका छौ ।’

सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

About The Author

अन्य समाचारहरु: