Wed. Nov 27th, 2024

सेल्टरदातादेखि विस्थापितसम्मका नेतालाई एमाले धादिङको सम्मान

धादिङ– नेकपा एमालेले धादिङले पार्टी काममा महत्वपूण योगदान दिएका व्यक्ति र तीनका परिवारलाई सम्मान गरेको छ । पार्टीको पुराना सेल्टरदाता, पार्टीकै कामको शिलशिलामा मारिएका परिवार र द्वन्द्वको समयमा यातना तथा विस्थापित भएकाहरुलाई एमालेले सम्मान गरेको हो ।

धादिङ जिल्लाभित्र संचालन भइरहेको मिसन ग्रासरुट कार्यक्रमको समापन तथा ७५औं स्थापना दिवसको अवसरमा एमालेले करिब ५० जनालाई सम्मान गरेको हो । नेकपा एमालेले धादिङका १३ जना सहिद, २३ जना सेल्टरदाता, ६ पुराना नेता, संस्थापक ४ जना, १० जना द्वन्द्व पीडित, मिसन ग्रासरुटमा काम गर्नुभएका हालका एमाले केन्द्रीय सदस्य ५ जना गरि ५९ जनालाई सम्मान गरेको छ ।

द्वन्द्वमा मारिएका सहिद नवराज सुवेदी, खिनबहादुर थापा मगर, बच्चु अर्याल, गोमा कोइराला, रामशरण थापा, इच्छा विक्रम मल्ल, जयराम श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, डम्बर बहादुर धरेल, शिव थापा मगर, रामबहादुर पण्डीत, गोपीबहादुर थापा, माधव सेडाईका परिवारलाई सम्मान गरिएको एमाले धादिङले जनाएको छ ।

पंचायतकालदेखि सेल्टरदाताको रुपमा सहयोग गर्नेहरु, पुराना नेताहरु, धादिङमा पार्टी स्थापना गर्दाका संस्थापकहरुसहित १० जना द्वन्द्व पीडित परिवारलाई समेत सम्मान गरेको छ ।
पार्टी स्थापनाको सन्दर्भमा आयोजित कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्यहरु कैलास ढुंगेल, रुपनारायण श्रेष्ठ, बिन्दा ढुंगाना, केशव स्थापित, बाबुराम थापालाई समेत सम्मान पत्र प्रदान गरिएको नेकपा एमालेका उपसचिव राधिका सापकोले जानकारी दिइन् ।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न समारोहमामा जिल्ला भरका अगुवा कार्यकर्ता र सेल्टरदाताहरु उपस्थित थिए ।

About The Author

अन्य समाचारहरु: