Wed. Nov 27th, 2024

सहकारीका समस्या समाधान गर्न समिति गठन

काठमडौं । राष्ट्रिय सहकारी महासंघले समस्या समाधान संयोजन समिति गठन गरेको छ ।

सहकारीका समस्या समाधान गर्न ओमदेवी मल्लको संयोजकत्वमा समिति गठन गरिएको महासंघले जनाएको छ । समितिले विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरु, नियामक निकाय तथा सरोकारवाला सबैसँग आवश्यक समन्वय गरी समस्या समाधानको पहलकदमी गर्न समिति गठन गरिएको अध्यक्ष मिनराज कँडेलले जानकारी दिए ।

सहकारीमा संकट चुलिदैँ गएपछि केही सञ्चालकहरुले सहकारी बचायौं राष्ट्रिय अभियान सञ्चालन गरेका छन् । अभियानले १३ बुँदे माग राखी केही दिनदेखि महासंघको विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

संघर्ष समितिले महासंघको परिसरमा सोमबार दिनभर अनसन बसेको थियो । महासंघले १३ बुँदे माग आत्मसात गर्दै समिति गठन गरेको जनाएको छ ।

About The Author

अन्य समाचारहरु: