Sat. Mar 1st, 2025

नेपाली क्रिकेट टीमका खेलाडीलाई सम्मान स्वरुप प्रतिव्यक्ति ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिए ।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन् ।

About The Author

अन्य समाचारहरु: