Fri. Feb 28th, 2025

यूएईले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग –२ अन्तर्गत नेपालले एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको छ । आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् ।
आसिफ खान एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो।

यसअघि लिग(२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।

About The Author

अन्य समाचारहरु: