Tue. Apr 1st, 2025

प्रधानमन्त्रीलाई मुद्दा हालेर देशमा द्वन्द निम्त्याउन खोजियो

सिन्धुली– बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कटेलले वर्तमान प्रधानमन्त्रीलाई मुद्दा हालेर अर्को द्वन्द निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

सिन्धुलीको गोलञ्जोर गाँउपालिका १ डुडभन्जयाङको कामदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले एउटा कार्यक्रममा बोलेको विषयलाई अतिरञ्जित गरेर प्रधानमन्त्रीलाई मुद्धा लगाउने काम भएकाले सबैले खबरदारी गर्नुपर्ने बताए ।

द्वन्दको सबै घटनालाई निश्पक्ष छानबिन गरेर देश विकासमा जुट्नुपर्ने उनको भनाई छ । द्वन्द  पीडितहरुलाई न्याय दिने काम सत्य निरुपण तथा बेपत्ता आयोगमार्फत गर्नुपर्नै मुख्यमन्त्री जम्कटेलको भनाई छ । विश्वका धेरै देशमा राजनीतिक द्धन्द्ध हुने र राजनीतिक सहमतीमै टुङगिने प्रचलन रहेको बताए ।

मुख्यमन्त्री जम्कटेलले बागमती प्रदेश भरीका विद्यालयहरुमा प्राविधिक शिक्षाको खाचो रहेकाले अब त्यसतर्फ अगाडी बढ्नुपर्ने बताए ।

About The Author

अन्य समाचारहरु: