Wed. Nov 27th, 2024

प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव आजबाट सुरु

धादिङ- प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव आजबाट सुरु हुँदैछ । फागुन २१ गतेदेखि २३ गतेसम्म संचालन हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्दैछन् ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर – ६ को आयोजना तथा जलमुखी मन्दिर संरक्षण समिति र ज्वालामुखी गाउँपालिकाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर सेडाईले जानकारी दिए । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु मध्य जलमुखी मन्दिर पनि एक हो । जलमुखी मन्दिरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।

About The Author

अन्य समाचारहरु: