Fri. Feb 28th, 2025

नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य

काठमाडौँ । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भयो ।

यस खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ । नेपाल र यूएई दुवैले राउन्ड रोबिनको पहिलो चार खेल जितेर निर्णायक खेलमा उभिएका हुन् । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन ।

इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत गरेको थियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई गतिलो झट्का दिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो ।

कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।

About The Author

अन्य समाचारहरु: