Wed. Nov 27th, 2024

‘पर्ख र हेर’मै रास्वपा ! पर्सीको बैठकले निर्णय गर्छ: डिपी अर्याल

काठमाडौं– विकसित राजनीतिक घटनाक्रमलाई लिएर संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कुनै निर्णय नलिने भएको छ ।

राष्ट्रपतिको चुनाव तथा गठबन्धन फेरबदलका विषयमा कुनै धारणा बनिनसकेको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताए । रास्वपाले गृहमन्त्रीको विवादपछि सरकारबाट हट्ने निर्णय लिएको थियो, तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन भत्काएर नयाँ बनाउन अग्रसर भएपछि त्यसमा जाने/नजानेमा रास्वपा ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ ।

यी समसामयिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक पर्सी बोलाइएको अर्यालले जानकारी दिए ।

अर्को सत्तारुढ घटक राप्रपाले भने केन्द्रदेखि प्रदेशसम्मका सरकारबाट हट्नुका साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ । राष्ट्रपतिको चुनावमा कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक नबस्ने पनि पार्टीले निर्णय गरेको थियो ।

रास्वपा र राप्रपा अहिलेको सत्तारुढ दल नेकपा एमालेसँग निकट मानिन्छन् ।

About The Author

अन्य समाचारहरु: