
काठमाडौं- हिमालयन बैंक लिमिटेडसंग सिभिल बैंक लिमिटेड गाभिएको छ । हिमालयनले सिभिललाई प्राप्ति गरेपश्चात् ‘हिमालयन बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको छ।
हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहकाबीच एकीकृत कारोबार आरम्भ भएको घोषणा गरे। उनले हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि भएको प्राप्ति भएको बताए।
नेपालभर रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट आफ्ना ग्राहकले सेवा पाउने अध्यक्ष श्रेष्ठले बताए।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको सञ्चालक समितिमा हाल हिमालयन बैंक लिमिटेडकै सञ्चालक समिति रहनेछ भने बैंकको अध्यक्षतामा श्रेष्ठ नै रहेका छन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत राणा रहेका छन्।