धादिङ– धादिङबेसीमा रहेको नीलकण्ठ माध्यामिक विद्यालयले विद्यार्थीहरुबीच फुड फेष्टिवल कार्यक्रम संचालन गरेको छ ।
कक्षा ८ मा अध्यानरत विद्यार्थीहरुको पेशा व्यवसाय र प्रवृद्धि भन्ने विषयमा केन्द्रित रहेर फुड फेष्टिबल कार्यक्रम संचालन गरेको हो । त्यस्तै कक्षा ६ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीहरुको विषयगत सिप र किताबमा पढेका कुराहरुलाई कसरी व्यवहारमा उर्तान सकिन्छ भन्ने उद्धेश्यले पनि शैक्षिक सामाग्री निर्माण तथा प्रर्दशन कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।
विद्यार्थीहरुले विभिन्न जातजातिको खाद्य परिकार बनाईरहदा पाठ्यपुस्तकमा यस्ता विषयवस्तु समावेश नभएता पनि विद्यार्थीको जिवन्त सिकाईको लागि आवश्यक रहेको उनको भनाई छ ।
फुड फेष्टिबलमा विद्यार्थीहरुले प्रति व्यक्ति १ सय ५० रुपिँया संकलन गरेर आ–आफ्नो धर्म संस्कृति परम्परा अनुसारको खानेकुराहरु बनाएर बिक्री तथा प्रर्दशन गरेका छन् । त्यस्तै नेवारी, क्षेत्री, मगर, मुस्लिम लगाएतका विभिन्न जातिय संस्कृतिलाई झल्किने भेषभुषामा सजिएका छन् । विद्यालयमै सार्थीहरुसँग मिलेर विभिन्न परिकारहरु बनाउदा निकै खुशी लागेको कक्षा ८ मा अध्यानरत छात्रा अनुस्का केसीले बताए ।