काठमाडौ – राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानले उत्पादन गरेका दूधको मूूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउने प्रस्ताव बोर्डले गरेको हो ।
उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुुग्ध विकास संस्थान, पशुुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।
वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउन कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । बोर्डले एक साताअघि मन्त्रालयमा मूूल्य बढाउन प्रस्ताव पठाएको हो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
यसअघि २०७८ माघ २८ मा सरकारले दूधको मूूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूूल्य प्रतिलिटर ६० रुपियाँ पुु¥याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको थियो ।