Wed. Nov 27th, 2024

फागुन ११ देखि पोखरामा अन्तर्राष्ट्रिय उडान खुल्ला हुने

पोखरा– पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा ११ फागुनदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने भएको छ ।

विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रणाली लागू हुने भएपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुला भएको हो । 

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले भिज्वल फ्लाइट रुल (भिएफआर) उडान गर्न मान्दैनन् ।

आइएफआर प्रणाली सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । पाइलटले आँखाले आकाश र रनवे हेरेर गरिने उडान ‘भिएफआर’ हो भने आधुनिक प्रविधिको सहायताबाट गरिने उडान ‘आइएफआर’ हो । आइएफआर सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरा उडानका लागि चासो देखाउन थालेको पोखरा विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए । 

About The Author

अन्य समाचारहरु: