नेपालगञ्ज– बाँकेको नेपालगञ्जबाट नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट करिब ५ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। उनीहरुको साथबाट प्रहरीले १ हजार दरका नक्कली नोट ५६९ थान बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।