
एजेन्सी – टर्कीमा सोमबार गएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ७ हजार ८ सय नाघेको छ ।
सिरियामा मात्रै १९ सय जना भन्दा बढीको मृत्यु भएको भएको हो। भग्नावशेषमा हजारौं मानिसहरू च्यापिएकाले मृतकको संख्या बढ्ने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्प गए लगत्तै टर्कीमा ३ महिने संकटकाल लागू गरिएको छ । भूकम्पको चपेटामा परेको टर्कीका लागि विश्वका धेरै राष्ट्रले आर्थिक सहयोग गरिरहेका छन् ।
चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। आपत्कालीन सहायता अन्तर्गत उक्त रकम टर्कीलाई उपलव्ध गराउने घोषणा भएको हो । साथै चीनको रेडक्रस सोसाइटीले टर्की र सिरियालाई २ लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्की र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको जनाएको छ ।