
एजेन्सी – बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने भएका छन् ।
बङ्गलादेशले ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन । फाइनल खेल बिहीबार हुनेछ ।
यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरियो । भुटानसँग बङ्गलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा सात अङ्क जोडेको थियो ।